मे २५ मा सार्वजनिक हुँदै ‘टेक्नो पोभा ३’

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
मे २५ मा सार्वजनिक हुँदै ‘टेक्नो पोभा ३’

काठमाडौं ।

टेक्नोले फिलिपिन्समा मे २५ मा टेक्नो पोभा ३ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। टेक्नोको आगामी स्मार्टफोनको डिजाइन र मूख्य फिचरको जानकारी बाहिर आएको छ। टिपस्टर पारस गुगलानीले टेक्नो पोभा ३ स्मार्टफोनको लाइभ इमेज सेयर गरेका छन्।

लाइभ इमेजबाट यस फोनको डिस्प्लेमा ठूलो साइजको पन्च होल कटआउट दिइएको देख्न सकिने गिज्जमोचाइनमा उल्लेख छ। फोनमा ट्रिपल रियर क्यामराका साथ क्वाड-एलईडी फ्ल्यास दिइएको छ। फोनको पछाडिको प्यानलको बिचमा थोरै चम्किलो ठाडो स्ट्राइपको साथ म्याट फिनिस भएको देख्न सकिन्छ।

स्पेसिफिकेसन

टेक्नो पोभा ३ मा ६.९५ इन्च आईपीएस एलसीड प्यानल रहेको छ। जसले फुल एचडीप्लस रिसोलुसन १०८० वाइ २४०० पिक्सल र ९०एचजेड रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ५० मेगापिक्सलको मूख्य क्यामरा र ८ मेगा पिक्सलको सेल्फी क्यामरा छ। मूख्य क्यामरोको लेन्समा २ मेगापिक्सलको लेन्स छ।

टेक्नो पोभा ३ स्मार्टफोन मिडियाटेक हेलियो जी८८ प्रोसेसरका साथ प्रस्तुत गरिएको छ। फोनमा ७००० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर छ। यो फोन एन्ड्रोइड १२ ओएसमा आधारित आईओएसबाट सञ्चालित हुन्छ।
टेक्नो पोभाको साइडतर्फ फिंगरप्रिन्ट स्क्यानर रहेको छ। फोनमा ग्रेफाइट कूलिङ सिस्टम, डीटीएस स्टिरियो स्पिकर, जेड–एक्सिस लिनियर मोटर र माइक्रोएसडी कार्ड स्लट दिइएको छ।

फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध हुने चर्चा छ। फोन ब्ल्यक, सिल्भर र ब्लू कलर अप्सनमा उपलब्ध छ। टेक्नो पोभा ३ स्मार्टफोनको मूल्य ८९९९ फिलिपिन्स पेसो र ब्लू एडिसनको मूल्य ९३९९ फिलिपिन्स पेसो हुने अनुमान छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...