
काठमाडौं ।
राष्ट्रिय सहकारी महासङ्घले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्स प्रालिसँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।
सम्झौतापत्रमा महासङ्घकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे।
सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासङ्घका अध्यक्ष मीनराज कँडेलले बताए। महासङ्घ सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा रहेको उनले बताए।
राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग महासङ्घले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे।
महाप्रबन्धक सुब्बाले महासङ्घले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यका रूपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताईन्।
कार्यक्रममा इन्फोडेभलपर्सका सिओओ डा. राजिव सुब्बाले गरिवी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रुपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताए।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार