
काठमाडौं ।
नासाले नयाँ प्रतिस्पर्धाको घोषणा गरेको छ, जसमा अमेरिकी अन्तरिक्ष एजेन्सीले मंगल ग्रहको भर्चुअल रियालिटीमा आधारित सिमुलेशन बनाउने व्यक्तिलाई वा डेभलपर टोलीलाई कुल ७० हजार अमेरिकी डलर पुरस्कार दिनेछ। यो सिमुलेशन तयार गर्नुको कारण मंगल ग्रहको हरेक अवस्थाका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्नु हो।
यस च्यालेन्सको नाम मार्सएक्सआर (NASA MarsXR) राखिएको छ, जसमा सहभागीले मंगल ग्रहको अन्वेषण गरिएको करिब ४०० वर्ग किलोमिटर क्षेत्रफलको सिमुलेशन बनाउनुपर्नेछ।
एक आधिकारिक बयानमा, नासाले इमर्सिभ टेक्नोलोजी विकासकर्ता एपिक गेम्ससँग साझेदारी गरेको बताएको छ। “अनुसन्धान, विकास र परीक्षण वातावरण सिर्जना गर्न अन्तरिक्ष यात्रीहरूलाई उनीहरूले मंगल ग्रहमा सामना गर्ने अनुभव र परिस्थितिहरूको लागि तयार गर्न मद्दत गर्न,”नासाले भनेको छ।
यस च्यालेन्जका विजेतालाई नासाले ७०,००० डलर अर्थात करिब ८७ लाख रुपैयाँ पुरस्कार दिनेछ। यस चुनौतीमा भाग लिने अन्तिम मिति २६ जुलाई हो। यसमा सहभागी हुन, तपाईंले यस वेबसाइटमा दर्ता गर्नुपर्छ।
नासा मार्सएक्सआर चुनौतीको लागि, विकासकर्ताहरूले एपिक गेम्सको ‘अनरियल इन्जिन ५ (Unreal Engine 5)’ प्रयोग गरेर नयाँ मार्स एक्सआर अपरेशन सपोर्ट सिस्टम वातावरणको लागि नयाँ एसेट र परिदृश्यहरू सिर्जना गर्नु आवश्यक हुनेछ। इन्जिन ५ लाई अहिलेसम्मकै संसारको सबैभन्दा खुला र एडभान्स रियल टाइम थ्रीडी टूल मानिएको छ।
कम्पनीका अनुसार विकासकर्ताहरूले सिमुलेटरमा दिउँसो सुन्तला रंगको मंगल ग्रहको रंग समावेश गर्नुपर्नेछ, जुन रातमा निलो हुन्छ। साथै, यथार्थपरक मौसम अवस्था, मंगल ग्रहको गुरुत्वाकर्षण, करिब ४०० वर्ग किलोमिटर क्षेत्रफल र स्पेससुट र रोभर जस्ता विषयहरू यसमा समावेश गर्नुपर्नेछ।
च्यालेन्जको कुल पुरस्कार राशि ७० हजार डलर हो, जुन बीस व्यक्तिगत पुरस्कारहरू बीच बाँडिनेछ। नासाका अनुसार माथि उल्लिखित प्रत्येक विधामा चार ओटा पुरस्कार हुनेछन् र कुल विधाका विजेताले ६ हजार डलर (लगभग रु. ७.४४ लाख) को पुरस्कार राशि प्राप्त गर्नेछन्। कम्पनीले बताएअनुसार डेभलपरहरुको टोलीहरूले प्रत्येक श्रेणीमा धेरै सबमिशनहरू पेश गर्न सक्छन्।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार