
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमीले आफ्नो एमआई ब्याण्ड ७ आज सार्वजनिक गर्ने भएको छ। यसका लागि जेडी डटकममा गएर प्रि अर्डर गर्न सकिने व्यवस्था रहेको थियो।
यो डिभाइस रेगुलर र एनएफसीसहित गरी दुई ओटा भर्सनमा आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
शुरुमा यी डिभाइस चीनमा उपलब्ध हुने र एनएफसी भर्सन विश्व बजारमै आउने अपेक्षा गरिएको छ।
तर यसको मूल्यका बारेमा हाल केही जानकारी उपलब्ध छैन। यसअघि उपलब्ध ब्याण्ड ६ भने रेगुलरको २३० तथा एनएफसीको २८० डलरमा उपलब्ध थिए। यस्तै यिनीहरुको यूरोपेली मूल्य क्रमश: ४५ र ५५ यूरो तोकिएको थियो।
यो नयाँ जेनेरेशनको डिभाइसमा भने अघिल्लो १.५६ को तुलनामा ठूलो अर्थात् १.६२ इन्चको डिस्प्ले रहेको छ। शाओमीले स्क्रीन एरिया पनि २५ प्रतिशतले बढेको दावी गरेको छ। यसले हेल्थ तथा एक्सरसाइज डाटा सजिलै पढ्न मिल्ने कम्पनीको भनाइ छ।
यसबाहेक यसमा ब्लड अक्सिजन मनिटर ट्रेनिङ क्याल्कुलेटर पनि रहेको छ। यसबाहेक अलवेज अन डिस्प्ले मोड, बिल्ट-इन जीपीएस तथा स्मार्ट अलार्म लगायतका फिचर रहेका जीएसएमएरेनाले उल्लेख गरेको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार