इन-एप भुक्तानीका लागि गुगल तथा म्याच ग्रुपबिच अस्थायी सहमति

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
इन-एप भुक्तानीका लागि गुगल तथा म्याच ग्रुपबिच अस्थायी सहमति

काठमाडौं ।

टिन्डर तथा हिन्जजस्ता डेटिङ एपको मूल कम्पनी म्याच ग्रुपले गुगलविरुद्धको प्रतिस्पर्धाविरोधी मुद्दा जितेको बताएको छ।

गत शुक्रबार दुवै पक्ष इन-एप भुक्तानीसम्बन्धी अस्थायी सहमतिमा आएपछि म्याचले आफ्नो गुगलविरुद्धको रोक्का आदेशसहितको मुद्दा फिर्ता लिएको हो।

म्याचले उक्त आदेश गुगलविरुद्ध संघीय तथा राज्यको प्रतिस्पर्धाविरोधी कानून उल्लङघन गरेको आरोप लगाउँदै मुद्दा हालेको भोलिपल्ट दर्ता गराएको थियो। विवादको चुरो कुरो भने गुगलले आउँदो महिनाबाट गर्न लागेको नीति परिवर्तन रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

२०२० मा कम्पनीले इन एप भुक्तानीका बारेमा आफ्नो धारणा प्रस्ट पारेको थियो र त्यति नै बेला सबै एन्ड्रोइड डेभलपरहरुले डिजिटल सामान तथा सेवाको भुक्तानी गुगल प्ले बिलिङ सिस्टम अन्तर्गत गर्नुपर्ने बताएको थियो।

हालको अस्थायी सम्झौता अनुसार  गुगलले म्याचलाई प्लेस्टोरमा रहन दिने र वैकल्पिक भुक्तानी प्रणाली अवलम्बन गरे पनि त्यहाँबाट नहटाउने भएको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार