
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड रियलमीले डिएक्सओमार्क चार्जिङ टेस्ट ईतिहासमा नयाँ रेकर्ड बनाएको छ।
रियलमी जिटी नियो ३ ले विश्वव्यापी रुपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि: १५० वाट अल्ट्राडार्ट चार्जको साथ प्रिमियम मोबाईल अनुभव प्रस्तुत गरेको छ।
यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा शुन्यदेखि ५०% सम्म चार्ज गर्छ र बिना कुनै अवरोध प्रकाशको गतिमा काम गर्छ।
उपभोक्ताहरुका लागि उत्कृष्ट उत्पादन छनोट गर्नका लागि, डिएक्सओमार्क (DXOMARK) ले जिटी नियो ३ का सुविधाहरुको हालै मूल्याङ्कन गरेको छ।
पछिल्लो घोषणा अनुसार, रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सव–स्कोरको साथ डिएक्सओमार्क परीक्षणमा शीर्ष स्थान बनाएको छ।
त्यसैगरी,जिटी नियो २ ५जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ। प्रभावशाली चार्जिङ स्पीड बाहेक, सुरक्षा र स्थायित्वका पक्षहरु पनि रियलमी जिटी नियो ३ का प्राथमिकतामा छन्।
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार