फोर्डको इन्टरनेट जोडिएका कार जर्मनीमा बेच्न प्रतिबन्ध, पेटेन्ट उल्लङ्घनको आरोप

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
फोर्डको इन्टरनेट जोडिएका कार जर्मनीमा बेच्न प्रतिबन्ध, पेटेन्ट उल्लङ्घनको आरोप

काठमाडौं ।

जर्मनीको एउटा अदालतले देशभर फोर्डको इन्टरनेट कनेक्शनयुक्त कारको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ।

उक्त उत्पादनमा प्रयोग भएको वायरलेस प्रविधिको पेटेन्टविरुद्ध मुद्दा परेकोले यस्तो निर्णय गरिएको रोयटर्सले उल्लेख गरेको छ।

म्युनिख क्षेत्रीय अदालतको उक्त फैसला बाध्यात्मक नभएको र यसमाथि पुनरावेदन गर्न सकिने बुझिएको छ। अदालतले उजुरीकर्ताले फोर्डविरुद्ध २४ करोड डलरको क्षतिपूर्ति पनि माग गरेको बुझिएको छ।

यसरी उजुरी हाल्नेमा जापानको आईपी ब्रिज इंक रहेको उसले यो बिगो सजाय गराइ पाउन जोड गरेको बताइएको छ।

यो निर्णयले प्रविधि कम्पनीहरु तथा अटो निर्माताबिच नेभिगेशन प्रविधि, सवारी सञ्चार तथा स्वचालित कारमा प्रयोग गरेबापतको रोयल्टी सम्बन्धमा विद्यमान तनावलाई प्रस्ट्याएको छ।

‘यो मुद्दाको मुख्य कारण एलटीई नेटवर्कको मानक-अत्यावश्यक पेटेन्टको इजाजत हो। हामीले अदालतबाट कुनै लिखित पत्र नपाएकाले हामी यस सम्बन्धमा धेरै टिप्पणी गर्न सक्दैनौं’, फोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार