पब्जी मोबाइलको दक्षिण एसियाली क्षेत्रको उपाधि स्टलवार्टलाई, दोस्रो र तेस्रो स्थानमा नेपाली टिम

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
पब्जी मोबाइलको दक्षिण एसियाली क्षेत्रको उपाधि स्टलवार्टलाई, दोस्रो र तेस्रो स्थानमा नेपाली टिम

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियाको उपाधि स्टलवार्ट इस्पोर्टले जितेको छ।

मंगोलियाको टिम स्टलवार्टले २४ खेलमा ३२३ अंक हासिल गरेर उपाधि जितेको हो। प्रतियोगिताभर उत्कृष्ट खेलको नमूना पेश गरेको स्टलवार्टले ३ वटा चिकेन डिनर लिएको थियो।

स्टलवार्टले १६६ प्लेसमेन्ट प्वाइन्ट र १५७ किल प्वाइन्ट हासिल गरेर दक्षिण एसिया क्षेत्रको पब्जी च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगिताको दोस्रो र तेस्रो स्थानमा नेपाली टिम रहन सफल भएका छन्। २७३ अंक जोडेको ट्रेन्ड टु किल (टी२के) दोस्रो र २५८ अंक जोडेको ज्यानमारा तेस्रो स्थानमा रहेका छन्।

टी२के र ज्यानमाराले प्रतियोगिताभर समान ५/५ वटा चिकेन डिनर लिएका थिए । टी२केले १५९ प्लेसमेन्ट प्वाइन्ट र ११४ किल प्वाइन्ट तथा ज्यानमाराले १३२ प्लेसमेन्ट प्वाइन्ट र १२६ किल प्वाइन्ट हासिल गरेको थियो ।

उपाधिका लागि १६ वटा टिमले लगातार ४ दिन प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा नेपाल सहित मंगोलिया, पाकिस्तान र बंगलादेशी टिमको सहभागिता रहेको थियो।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्यापिम्पयनशिपको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर रहेको छ।

पहिलो स्थानमा रहने टिमले ४० हजार, दोस्रो हुनेले २८ हजार र तेस्रो हुनेले १८ हजार अमेरिकी डलर धनराशी जित्न सफल भएका छन्।

सहभागी टिमहरुको प्रदर्शनको आधारमा उक्त धनराशी वितरण गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार