एन्ड्रोइड, विण्डोज र म्याकओएस: कुनमा पाइयो सबैभन्दा बढी मालवेयर?

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
एन्ड्रोइड, विण्डोज र म्याकओएस: कुनमा पाइयो सबैभन्दा बढी मालवेयर?

काठमाडौं ।

एप्पल इन्साइडरका अनुसार २०२२ सम्ममा कुल ३ करोड ४० लाख मालवेयर स्याम्पल भेटिएका छन्।

एटलस डाटाको एउटा रिपोर्टले २०२२ सम्म मालवेयर डेभलपरहरुले प्रतिदिन ३ लाख १६ हजार मालवेयर चेतावनीहरु सिर्जना गर्नेछन्।

उक्त जानकारी स्वतन्त्र एन्टिभाइरस तथा सुरक्षा भेन्डर एभी-टेस्ट जीएमबीएचको डाटा विश्लेषणमा आधारित छ। तथ्याङ्कअनुसार विन्डोज सिस्टम सबैभन्दा जोखिमयुक्त मोबाइल सिस्टम भएको पाइएको छ।

यस्तै गुगलको एन्ड्रोइड सिस्टम भने एप्पलको म्याकओएसको तुलनामा बढी जोखिमयुक्त रहेको छ।

२०२२ को पहिलो महिना जनवरीमा सबैभन्दा बढी १ करोड १४ लाख १० हजार मालवेयर डेभलप भएको पाइएको छ। यस्तै फेब्रुअरीमा ८९ लाख ३० हजार र मार्चमा ८७ लाख ७० हजार मालवेयर निर्माण भएका तथ्याङ्कमा उल्लेख छ।

२०२२ को पहिलो त्रैमास सकिँदा २ करोड ९१ लाख १० हजार मालवेयर चेतावनी रहेका थिए भने अप्रिलमा मात्र ५६ लाख ५० हजार नयाँ निर्माण भएका पाइएको छ।

यीमध्ये माइक्रोसफ्ट विन्डोजमा २०२२ मा २ करोड ५४ लाख ८० हजार नयाँ यस्ता स्याम्पल भेटिएका गिगचाइनाले उल्लेख गरेको छ। यस्तै एन्ड्रोइड सिस्टममा ५ लाख ३६ हजार मालवेयर फेला परेका छन्।

यसैगरी म्याकओएस सिस्टममा भने २०२२ मा अन्य दुई अपरेटिङ सिस्टमको तुलनामा कम अर्थात् २ हजार मात्र मालवेयर भेटिएको समाचारमा उल्लेख छ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार