कम्प्युटर स्क्रीनको जस्तै काम गर्ने कन्ट्याक्ट लेन्स बनाउँदै मोजो, उपलब्ध होला त सबैलाई?

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
कम्प्युटर स्क्रीनको जस्तै काम गर्ने कन्ट्याक्ट लेन्स बनाउँदै मोजो, उपलब्ध होला त सबैलाई?

काठमाडौं ।

मोजो नामक एउटा कम्पनीले स्मार्ट कन्ट्याक्ट लेन्स उत्पादनको काम गरिरेहको छ।

कम्पनीले यो स्मार्ट कन्ट्याक्ट लेन्सलाई मानिसमा परीक्षण गर्ने योजना बनाएको छ। यो लेन्स लगाउने प्रयोगकर्ताले जता हेर्यो त्यतै फ्लोटिङ डिस्प्ले देख्ने बीबीसीले जनाएको छ।

यो उत्पादनको आँखाको सेतो भागलाई विस्तार गर्ने स्क्लेरल लेन्सले यूजरको दृष्टिलाई सही बनाउने र यसमा माइक्रो एलईडी डिस्प्ले, स्मार्ट सेन्सर तथा ब्याट्री पनि समावेश रहेको बीबीसीले जनाएको छ।

‘हामीले फिचरले भरिपूर्ण प्रोटोटाइप बनाएका छौं जसले साँच्चै नै काम गर्छ र यसलाई लगाउन पनि सकिन्छ। हामी यसलाई छिट्टै आन्तरिक रुपमा परीक्षण गर्नेछौं’, कम्पनीका स्टिभ सिंक्लेयरले भने।

उनका अनुसार यसको सबैभन्दा विशेष पाटो भनेको उनीहरुले यसको पर्फर्मेन्स र क्षमताको अप्टिमाइजेशन गर्ने साथै यसलाई दैनिक प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित गर्न लामो समयसम्म लगाएर हेर्ने योजना रहेको छ।

‘यी लेन्सरुले इन्ट्रा-ओक्युलर प्रेसर तथा ग्लुकोज आफैं जाँच गर्न र अनुगमन गर्न सक्नेछन्‘, कोलम्बिया यूनिभर्सिटीको अप्टोमेट्रिक साइन्सका प्रशिक्षक रेबेका रोजसले भनिन्।

उनले यी लेन्सहरुले रोग निदान र उपचार योजनाका लागि आवश्यक एक्सटेन्डेड रिलिज ड्रग डेलिभरी अप्शन पनि उपलब्ध गराउने थपिन्।

यो लेन्सको हाल प्रोटोटाइप मात्र उपलब्ध रहेको र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले धेरै कुराहरु परीक्षण र प्रमाणित गरेपछि मात्र सर्वसाधारणको प्रयोगका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार