आफ्नो ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने टेस्लाका लगानीकर्तासमक्ष मस्कको प्रतिबद्धता

  • Technology Khabar | ८ जेष्ठ २०७९, आईतवार
आफ्नो ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने टेस्लाका लगानीकर्तासमक्ष मस्कको प्रतिबद्धता

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासमक्ष आफूले ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने प्रतिबद्धता जाहेर गरेका छन्।

उनले गत शुक्रबार टेस्ला सधैं आफ्नो दिमागमा रहने र लगानीकर्ताले शंका गरेजस्तो ट्विटरतिर ध्यान नमोडिने बरु टेस्लाबाट बचेको थोरै समयमात्र ट्विटरलाई दिने बताएका फर्स्टपोस्टले उल्लेख गरेको छ।

एउटा ट्विटमा मस्कले एउटा सांकेतिक मिम पोस्ट गरेका छन् जसमा युवक र दुई युवती छन्। युवकलाई इलन मस्क नाम दिइएको छ भने एउटी युवतीलाई टेस्ला र अर्कीलाई ट्विटर नाम दिइएको छ।

मस्क अगाडि र टेस्लापछाडि हिँडिरहँदा ट्विटरलाई देखेर मस्कले सुसेलिरहेका छन् भने त्यो देखेर उनकी प्रेमिकाका रुपमा रहेकी टेस्ला चिन्तित भएकी छिन्।

उनले ट्वीटमा उक्त मिमलाई लक्षित गर्दै हालको अवस्था उस्तै रहेको देखिए पनि साँचो नभएको उल्लेख गरेका छन्।

मस्कले ट्वीट रकेट साइन्स नभएकाले आफूले ५ प्रतिशत वा सोभन्दा कम समयमात्र ट्विटरलाई दिने र टेस्ला नै हरबखत आफ्नो दिमागमा रहने व्यहोरा उल्लेख गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...