
काठमाडौं ।
कम्प्युटर चिप जायन्ट एएसएमएलले नेक्स्ट जेनेरेशन चिपका लागि ४० करोड डलर बराबरको मेशिन अनावरण गर्ने भएको छ।
डबल डेकर बस आकारका २०० टनभन्दा बढी तौलका मेशिन बनाउँदै आएको कम्पनी आफैंमा सेमिकन्डक्टर उद्योग तथा स्टक मार्केट जायन्ट हो।
यो दशकमा कम्पनीले आफ्नो मूल्य १ हजार गुणा बढाएर २०० अर्ब डलर बराबर पुर्याउन सफल भएको रोयटर्सले जनाएको छ।
हालको नयाँ चिप मेशिनमार्फत कम्पनी २०२० को दशकमा नेक्स्ट जेनेरेशन फ्ल्यागशिप चिपको दुनियाँमा अग्रणी रहने चाहना राखेको भए पनि यसमा तत्काल भने इन्जिनीयरिङ चुनौती रहँदै आएको छ।
एएसएमएलका कार्यकारीहरुले एउटा प्रोटोटाइप बनिरहेको र यो २०२३ को पूर्वार्द्धसम्म सम्पन्न भइरहने बताएका रोयटर्सले उल्लेख गरेको छ।
उनीहरुले कम्पनीको आरएन्डडी अर्थात् अनुसन्धान र विकास साझेदार आईएमईसीसँग मिलेर परीक्षण गरिरहेका बताए। यसको मुख्य उद्देश्य अग्रणी चिप निर्माता तथा तिनीहरुका आपूर्तिकर्ताले उक्त मेसिनको बारेमा जानकारी लिएर २०२५ सम्ममा उत्पादन मोडल तयार पार्न सकुन् भन्ने रहेको बुझिएको छ।
प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार