
काठमाडौं ।
क्वालकमले हालै स्न्यापड्रागन ७ जेन १ चिपसेट सार्वजनिक गरेको छ।
कम्पनीले हालै बहु प्रतीक्षित स्न्यापड्रागन ८+ जेन १ सहित ७ जेन १ चिपसेट ल्याएको हो। ७ जेन १ चिपसेट यसअघि उपलब्ध स्न्यापड्रागन ७७८जीको प्रतिस्थापनका रुपमा ल्याइएको गिगचाइनाले जनाएको छ।
यो अब स्न्यापड्रागनको नयाँ नामसहितको लाइनअपको नयाँ चिपसेट हुने पनि बुझिएको छ। ७ जेन १ चिपसेट ४ एनएम प्रोसेसमा बन्ने २०२२ को पहिलो गैर-फ्ल्यागशिप चिपसेट रहने पनि बताइएको छ।
क्वालकमका अनुसार स्न्यापड्रागन ७ जेन १ चिपसेटको अधिकतम क्लक स्पीड २.४ गिगाहर्ज रहनेछ भने यसमा एड्रेनो ६६२ को जीपीयू पनि रहनेछ। यो नयाँ चिपले ग्राफिक्सलाई यसअघिका भर्सनको तुलनामा २० गुणा छिटो व्यवस्थापन गर्न सक्छ।
एआईका मामलामा पनि यसअघिका भर्सनभन्दा ३० गुणा बढी काम गर्ने र २०० मेगापिक्सेलसम्मको क्यामरा सेन्सर सपोर्ट गर्ने कम्पनीको दावी छ।
प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार