क्रोमको इन्कग्रिटो मोडमा व्यक्तिगत डाटा संकलन गरेको आरोपमा गुगलमाथि मुद्दा

  • Technology Khabar | ७ जेष्ठ २०७९, शनिबार
क्रोमको इन्कग्रिटो मोडमा व्यक्तिगत डाटा संकलन गरेको आरोपमा गुगलमाथि मुद्दा

काठमाडौं ।

क्रोम इन्कग्रिटो मोडमा व्यक्तिगत डाटा संकलन गरेको आरोपमा गुगलमाथि मुद्दा दायर भएको छ। अमेरिकाको टेक्ससका महान्यायाधिवक्ता केन प्याक्सटनले क्रोम इन्कग्रिटो मोडमा व्यक्तिगत डाटा संकलन गरेको आरोपमा सर्च इन्जिन गुगलको मूल कम्पनी अल्फाबेट इंक माथि मुद्दा दायर गरेका हुन्।

गुगलको प्राइमेट मोडको रुपमा रहेको इन्कग्रिटो मोड लोकेसन ट्रयाकिङ गरेको आरोप लागेको गीगचाइनामा प्रकाशित छ। एन्ड्रोइड उपकरणहरुको सेटिङहरु भ्रामक भएकाले प्रयोगकर्ताको स्थानसहित व्यक्ति विवरण गुगलले प्राप्त गरिरहेको आरोप पत्रमा उल्लेख छ। यस विषयमा महान्यायाधिवक्ताले जनवरीमा मुद्दा दायर गरेका हुन्।

इन्कग्रिटो मोडमा पनि गुगलले प्रयोगकर्ताको सर्च हिस्ट्री र भौगोलिक स्थानको रकर्ड गर्ने महान्यायाधिवक्ताको दावी छ। मानिसहरुले इन्कग्रिटो मोडको प्रयोग गरेर वयष्क साइट, स्वास्थ्य सम्बन्धी जानकारी, राजनीतिक सिद्धान्तलगायत गोप्य दस्तावेज खोज्ने गर्छन्। साथी वा आफन्तलाई गिफ्ट खरिद गर्दा अनावश्यक विज्ञापनबाट जोखिन पनि धेरैले इन्कग्रिटो मोडको प्रयोग गर्छन्।

तर उपभोक्ताको गोपनियताको ख्याल नगरी गुगलले प्राइभेट मोड अन गरेको अवस्थामा पनि व्यक्तिगत डाटा लिने गरेको महान्यायाधिवक्ताको भनाइ छ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...