इन्टेलद्वारा अत्याधुनिक डाटा सेन्टरका क्षेत्रमा लगानी घोषणा

  • Technology Khabar | ७ जेष्ठ २०७९, शनिबार
इन्टेलद्वारा अत्याधुनिक डाटा सेन्टरका क्षेत्रमा लगानी घोषणा

काठमाडौं ।

चिप निर्माता इन्टेलले थप दिगो डाटासेन्टर प्रविधि सोलुशन निर्माणका क्षेत्रमा निरन्तर प्रयासका लागि दुई ओटा नयाँ लगानी घोषणा गरेको छ।

यीमध्ये पहिलो २ लाख वर्गफिट क्षेत्रमा इनोभेटिभ डाटासेन्टर प्रविधिमा केन्द्रित अत्याधुनिक अनुसन्धान तथा विकास मेगा ल्याब बनाउन ७० करोड डलर लगानी गर्ने कम्पनीको योजना रहेको छ।

यो प्रविधि डाटासेन्टरसम्बद्ध हिटिङ, कूलिङ तथा पानीको उपयोगका बारेमा रहेका केन्द्रित हुने बुझिएको छ।

यसबाहेक इन्टेलले प्रविधि उद्योगको पहिलो खुला बौद्धिक सम्पत्ति अर्थात् ओपन आईपी इमर्सन लिक्विड कूलिङ सोलुशन तथा रेफरेन्स डिजाइन पनि सार्वजनिक गरेको छ।

यो नयाँ मेगा ल्याब इमर्सन कूलिङ, पानी उपयोगको प्रभावकारिता तथा तापक्रम संग्रह र पुन प्रयोगमा केन्द्रित हुने डिजिटाइम्सले उल्लेख गरेको छ।

उक्त ल्याबको निर्माण यसै वर्ष ओरेगनको हिल्सबोरोमा रहेको जोन्स फार्म क्याम्पसमा शुरु हुने र २०२३ सम्ममा खुल्ने अपेक्षा गरिएको छ।

यसबाहेक उक्त ल्याबले इन्टेलको जेनन, इन्टेल अप्टेन, नेटवर्क इन्टरफेस तथा स्विच गियर, इन्टेल एजिलेक्स एफपीजीए, एक्सई आर्किटेक्चर, हबाना एक्सलरेटर तथा बन्दै गरेका भविष्यका उत्पादनहरुको परीक्षण तथा प्रमाणीकरण पनि गर्ने बताइएको छ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार