आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी सम्झौता

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी सम्झौता

काठमाडौं ।

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच पार्ट्नर बैंक सम्झौता भएको छ। हालै राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरे।

सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ।

हालसम्म नेपालको २३ ओटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंकअपको विभिन्न फाइदाहरु भएको जनाएका छ। आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ।

उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार