इलन मस्कमाथि स्पेसएक्सको फ्लाइट एटेन्डेन्टद्वारा यौन हिंसाको आरोप, २ लाख ५० हजार डलरमा मिलापत्र

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
इलन मस्कमाथि स्पेसएक्सको फ्लाइट एटेन्डेन्टद्वारा यौन हिंसाको आरोप, २ लाख ५० हजार डलरमा मिलापत्र

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कमाथि स्पेसएक्सकी एक फ्लाइट एटेन्डेन्टले यौन हिंसाको आरोप लगाएकी छिन्।

इन्साइडरको रिपोर्टमा ती फ्लाइट एटेन्डेन्टले कम्पनीको कर्पोरेट जेटमा मस्कले आफूमाथि उडानकै क्रममा हातपात गर्न खोजेको आरोप लगाएपछि उक्त मुद्दा मिलानका लागि २ लाख ५० हजार डलर रकम तिरेको इन्ग्याजेटले उल्लेख गरेको छ।

इन्साइडरले नाम नखुलाइएकी फ्लाइट एटेन्डेन्टसँगको उक्त घटना सन् २०१६ मा घटेको र त्यसको मिलापत्र २०१८ मा भएको उल्लेख गरेको छ।

मस्कले ती फ्लाइट एटेन्डेन्टलाई फुल बडी मसाज गर्न आग्रह गरेको र त्यो भन्दा बढी गरेमा उनलाई घोडा किनिदिने अफर गरेका बताइएको छ।

ती पीडितलाई उडानका क्रममा मस्कको फुल बडी मसाज गर्न सकून् भन्ने हिसाबले पेशेवर मसाज तालिम लिन प्रोत्साहन गर्दै त्यसको शुल्क तिरिदिने अफर पनि गरिएको बुझिएको छ।

उक्त घटना लण्डनका लागि भएको उडानका क्रममा मस्कले ती पिडितमाथि उक्त प्रस्ताव राखेका इन्ग्याजेटले उल्लेख गरेको छ।

‘मस्कले उनको तिघ्रा छुँदै उनलाई घोडा किनिदिने प्रस्ताव गरेका थिए’, पीडितकी साथीले घटनाबारे प्रस्ट्याउँदै भनिन्, ‘ र उनले त्यसबाहेक केही यौनजन्य क्रियाकलाप गर्नका लागि घूसको प्रस्ताव पनि गरेका थिए।’

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार