भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै नेपाल राष्ट्र बैंक

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नेपाल पेमेन्ट्स सिस्टम डेभलपमेन्ट स्ट्राटेजी एनपीएसडीएस २०१४ भुक्तानी प्रणाली स्थापना गरेको हो।

त्यसयता राष्ट्र बैंकले नेपालको भुक्तानी प्रणालीको सुरक्षा र क्षमतालाई मध्यनजर गरी भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि रणनीति निर्माण तथा कार्यान्वयन गर्दै आइरहेको छ।

राष्ट्र बैंकले तल उल्लेखित ९ ओटा मुख्य क्षेत्रहरुमा उक्त रणनीति अवलम्बन गर्ने बुझिएको छ:

कानूनी संरचना

ठूला मूल्य र समयको गम्भीरतायुक्त भुक्तानी

खुद्रा भुक्तानी प्रणाली

सरकारी कारोबार

सुरक्षण संचयन, क्लियरिङ तथा सेटलमेन्ट

अन्तरबैंक मुद्रा बजार

अन्तरराष्ट्रिय रेमिटेन्स तथा अन्य सीमापार भुक्तानी

ओभरसाइट तथा सुपरभाइजरी फ्रेमवर्क

राष्ट्रिय भुक्तानी प्रणालीभित्र प्रभावकारी, संरचित तथा उपयोगी सहकारी

के हो खुद्रा भुक्तानी प्रणाली अर्थात् रिटेल पेमेन्ट सिस्टम?

यीमध्ये खुद्रा भुक्तानी प्रणालीमा मा चेक क्लियरिङ, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, कार्ड भुक्तानी प्रणाली, ई-मनी र रेमिटेन्सलगायतका कम मूल्यका भुक्तानी प्रणाली पर्दछन्।

नेपालमा खुद्रा भुक्तानी प्रणाली मुख्यतया: नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालन गर्दै आएको छ। यसले फोटोमा आधारित चेक क्लियरिङ सेवा तथा इलेक्ट्रोनिक फन्ड ट्रान्सफरको सेवा पर्दछ।

कार्डमा आधारित भुक्तानी प्रणाली, मोबाइल वालेट तथा क्यूआर कोडमा आधारित भुक्तानीका क्षेत्रमा भने एनसीएचएलबाहेक अन्य कम्पनीहरु पनि रहेका छन्। अन्तरराष्ट्रिय चर्चित संस्थाहरु भिसा वर्ल्डवाइड प्रालि, यूनियन पे इन्टरनेशनल कम्पनी, तथा मास्टरकार्डले पनि नेपाली भुक्तानी उद्योगमा पीएसओका रुपमा कामा गर्दै आइरहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार