दूरसञ्चार प्राधिकरणमा रिक्त हुन लागेको दुई बोर्ड सदस्य पदको लागि आवेदन माग

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
दूरसञ्चार प्राधिकरणमा रिक्त हुन लागेको दुई बोर्ड सदस्य पदको लागि आवेदन माग

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका दुई बोर्ड सदस्य पदहरुको लागि आवेदन माग गरेको छ। यसअघि सरकारले गठन गरेको नेपाल दूरसञ्चार प्राधिकरण सदस्य पदको नियुक्तिको लागि गठित छनौट समितिले सो दरखास्त आब्हान गरेको हो।

समितिले बिहिबार प्राधिकरणका लागि प्राविधिक तथा लेखा तथा लेखा परीक्षण सदस्यका लागि दरखास्त माग गरेको हो।

आवेदनअनुसार सम्बन्धित क्षेत्रमा कम्तिमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ भने सरकारी निकायहरुमा माथिल्लो निकायमा कम्तिमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

यसका साथै सदस्य पदका लागि न्यूनतम स्नातक उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ।

त्यसैगरी आवेदक ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ भने आवेदनकले ५ हजार शब्दको व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

ईच्छुक आवेदकले सो सूचना प्रकाशित भएको २१ औं दिनभित्र अर्थात यहि जेठ २५ गतेभित्र आवेदन बुझाउन भनिएको छ।

आवेदनका साथमा आवेदक उम्मेदवारले स्वघोषणा समेत गर्नुपर्ने प्रावधान तोकिएको छ।

मन्त्रिपरिषदको बैठकले चैत १४ गते प्राधिकरणका नयाँ सदस्यको लागि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका थिए।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको नयाँ सदस्य नियुक्तिको लागि सिफारिस समिति गठन

हालका बोर्ड सदस्यहरु चुडामणी चौलागाई र टेकनाथ आचार्यको अवधि २०७९ जेठ १८ गते सकिँदैछ। सोहीअनुसार सरकारले नयाँ सदस्यहरुलाई नियुक्त गर्न सिफारिस समिति गठन गरेको हो।

हालका सदस्य चौलागाई प्राविधिक क्षेत्रमा विज्ञको रुपमा प्राधिकरणमा नियुक्त भएका हुन्। उनले पछिल्लो समय चर्चामा रहेका फाइभजी, फ्रिक्वेन्सी नियमन र अक्सन लगायतका प्राविधिक विषयहरुमा सुझाब र निर्णयमा सहयोग गर्दै आएका छन्।

त्यसैगरी आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन र उनले लेखा क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणमा भूमिका निभाउँदै आएका छन्।

दुबै सदस्यहरुलाई तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले २०७४ जेठ १९ गते एकै दिन पाँच वर्षका लागि नियुक्त गरेको थियो।

सिफारिस समितिले सरकारलाई रिक्त हुने प्राधिकरणका सदस्यहरुको लागि आवेदन माग गरेसँगै त्यसमध्येबाट ३ जना छनोट गरेर सरकारलाई सिफारिस गर्नेछ।

nta vacancy notice

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...