
काठमाडौं ।
चेक कार निर्माता कम्पनी फक्सवागन र भारतीय एसयूभी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राबीच समझदारी भएको छ।
महिन्द्राको नयाँ ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ का लागि एमईबी इलेक्ट्रिक कम्पोनेन्टस प्रयोगका लागि दुई कम्पनीबीच उक्त सम्झौता भएको ड्राइभस्पार्कले जनाएको छ।
पाटर्नरशिपका लागि दुई कम्पनीले सन् २०२२ मे १८ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। महिन्द्राले आफ्नो बर्न इलेक्ट्रिक प्लेटफर्ममा एमईबी इलेक्ट्रिक कम्पोनेन्टसहरुमा मोटर, ब्याट्री सिस्टम कम्पोनेन्टस् र ब्याट्री सेल सुसज्जित होस् भन्ने चाहना राखेको छ।
यो साझेदारीले महिन्द्रा र फक्सवागनको सहयोग दायराको पनि मूल्यांकन हुनेछ । मूल्यांकन चरणबाट आपूर्तिको बाध्यकारी र गैरबाध्यकारी निमय पनि निर्माण गरिनेछ।
बाध्यकारी आपूर्ति सम्बन्धी सम्झौता सन् २०२२ को अन्तसम्म समाप्त गर्नेगरी दुई कम्पनीबीच निरन्तर रचनात्मक र कानूनी प्रक्रिया अबलम्बन गर्ने विषयमा पनि छलफल चलाइने छ।
एउटा खुल्ला सवारी प्लेटफर्मको रुपमा डिजाइन गरिएको एमईबी इलेक्ट्रिक प्लेटफर्म र यसको कम्पोनेन्टस् कार निर्माताका लागि इलेक्ट्रिफाइड सवारी आफ्नो पोर्टफोलियमा छिटो र कम लागतमा उत्पादन गर्न सहजता प्रदान गर्नेछ।
भारतीय अटोमोटिभ बजारलाई इलेक्ट्रिफाई गर्नका लागि दुई कम्पनी एक अर्कासँग जोडिएका हुन्।
अटोमोबाइल विकासकर्ताका लागि भारत एक प्रमुख बजार पनि रहेको छ। साथै, भारतमा डिकार्बोनाइजेशनको लहर चलेकाले अबको भविष्य विद्युतीय सवारी हुने धेरै निर्माताले विश्वास लिएका छन्।
प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार