
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप हिजो (बिहीबार) देखि शुरु भएको छ।
पीएमपीएलको पहिलो दिन नेपाली टिमहरुका लागि सुखद नै रहन पुगेको छ। प्रतियोगितामा सहभागी ६ नेपाली टिममध्ये ५ टिम पहिलो फेज अर्थात शीर्ष ८ भित्र रहन सफल भएका छन्।
पहिलो दिनको ६ वटा खेल समाप्त हुँदा २ चिकेनडिनर (जित) सहित मंगोलियाको टिम स्टलवार्ट स्पोर्ट पहिलो स्थानमा रहेको छ।
यस्तै २ खेल नै जितेको नेपाली टिम ज्यानमारा स्पोर्ट दोस्रो स्थानमा रहन सफल भएको छ। स्टलवार्टले ५५ प्लेसमेन्ट र ४३ किल गरी ९८ प्वाइन्ट प्राप्त गरेको छ। ज्यानमाराले ४४ प्लेसमेन्ट र ३४ किलगरी ७८ प्वाइन्ट प्राप्त गरेको छ।
एक खेल पनि नजितेको नेपालकै टिम डीआरएस गेमिङ ६९ अंकसहित तेस्रो स्थानमा छ।
सिल स्पोर्ट ६५, डेडआई गाइज ४९, ५२एक्सरेज इस्पोर्ट ४८, ट्रेन्ड टु किल ४५ र स्काईलाइट गेमिङ ४३ अंकसहित क्रमश: चौथो देखि आठौं स्थानमा रहेका छन्।
फ्यान्टम स्पोर्ट, फ्री स्टाइल, आई ८ स्पोर्ट, आईएचसी स्पोर्ट, द ग्राउन्डर्स, आरथ्रीजी आईसीआईडीई, टिम टीयूएफ र हाई भोल्टेज क्रमस नवौंदेखि १६ औं स्थानमा रहेका छन् ।
पीएमपीएल जेठ ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ। ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक दिनमा ६ खेल हुनेछ। क्षेत्रीय उपाधिका लागि दक्षिण एसियाका १६ टिमले २४ खेलसम्म प्रतिस्पर्धा गर्नेछन्।
१ लाख ५० हजार अमेरिकी डलर पुरस्कार राशी
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्यापिम्पयनशिपको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर रहेको छ। सहभागी टिमहरुको प्रदर्शनको आधारमा उक्त धनराशी प्राप्त गर्नेछन्।
यस प्रतियोगितामा पीएमपीएल साउथ एसिया स्प्रिङ २०२२ का १० टिम र पीएमपीएल पाकिस्तान स्प्रिङका शीर्ष ६ टिम अन्तिम प्रस्पिर्धाका लागि छनोट भएका छन्।
सहभागी टिमले एक दिनमा ६ ओटा गरी जम्मा २४ वटा खेल खेल्नेछन् जसमा सर्वाधिक ६-६ टिम नेपाल र पाकिस्तानका रहेका छन्। मंगोलियाका ३ र बंगलादेशको १ टिम रहेका छन्।
यस्ता छन् पीएमपीएल साउथ एसिया च्याम्पियनशिपमा सहभागी टिम:
स्टलवार्ट स्पोर्ट (मंगोलिया)
डेडआई गाइज (नेपाल)
ट्रेन्ड टु किल (नेपाल)
आईएचसी स्पोर्ट (मंगोलिया)
ज्यानमारा (नेपाल)
स्काईलाईट गेमिङ (नेपाल)
सिल स्पोर्ट (मंगोलिया)
डीआरएस गेमिङ (नेपाल)
हाई भोल्टेज (नेपाल)
फ्यान्टम स्पोर्ट (बंगलादेश)
५२एक्सरेज स्पोर्ट (पाकिस्तान)
टिम टीयूएफ (पाकिस्तान)
आई८ ईस्पोर्ट (पाकिस्तान)
द ग्राउन्डर्स (पाकिस्तान)
आर३जीआईसीआईडीई (पाकिस्तान)
फ्री स्टाइल (पाकिस्तान)
प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार