नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्चालन हुने

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्चालन हुने

काठमाडौं ।

दोलखाको भीमेश्वर नगरपालिकामा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्चालन हुन लागेको छ।

बागमती प्रदेशको ७७ प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा यो कार्यक्रम सञ्चालन हुन लागेको नगरका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार यो वर्ष कार्यक्रम सञ्चालनका लागि प्रदेशले ९१ लाख ६६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यसमा नगरले ३० प्रतिशत अर्थात् २७ लाख ४९ हजार आठ सय रुपियाँ थप गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गोरखापत्रबाट

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...