
काठमाडौं ।
ईभी स्टार्टअप स्क्वाड मोबिलिटीले सोलार रूफसहितको आफ्नो आगामी दुई सिटर इलेक्ट्रिक गाडीको घोषणा गरेको छ। स्क्वाड (सोलर क्वाड) नामको यो ईभी सन् २०२३ मा युरोपमा उपलब्ध गराइनेछ।
यसको सुविधाहरूको बारेमा कुरा गर्दा, यसको माथिल्लो भागमा एक विशाल सौर्य प्यानल छ, जुन दायरा बढाउन मद्दत गर्न सक्छ। सोलार प्यानलको सहयोगमा उत्पन्न हुने विद्युतले दिनमा २० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। त्यहाँ एक ब्याट्री प्याक पनि छ, जसले गाडीको दायरा १०० किलोमिटरसम्म विस्तार गर्छ।
गीज्मोचाइनाका अनुसार स्क्वाड इलेक्ट्रिक गाडीको प्रारम्भिक मूल्य ६,२५० यूरो रहेको छ र कम्पनीले यो इलेक्ट्रिक कारको प्रि-अर्डर सुरु भइसकेको बताएको छ। हाल विश्व बजारमा यो ईभी लन्च गर्ने बारे कुनै जानकारी प्राप्त भएको छैन।
यस स्क्वाड ईभीको छतमा सोलार प्यानल जडान गरिएको छ, जसले ब्याट्री पनि चार्ज गर्न सक्छ। यो प्यानलका कारण विद्युतीय कार एक दिनमा २० किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ। यसमा स्वाप गर्न अर्थात परिवर्तन गर्न मिल्ने ब्याट्री प्याक पनि उपलब्ध छ, जसका कारण कार १०० किलोमिटरसम्म चलाउन सकिन्छ।
स्क्वाडको भित्री भागको बारेमा कुरा गर्ने हो भने, कारमा ठूलो डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर भए तापनि यो एकदम सरल इन्टेरियरको साथ आउँछ। यसमा क्लाइमेट नियन्त्रण सुविधा पनि छ। यो दुई सिट भएको इलेक्ट्रिक कार हो जसले ४५ किलोमिटर प्रतिघण्टाको टप स्पीडमा गति लिन सक्छ, यसको लागि ५ एचपी पावर उत्पादन गर्ने डुअल इलेक्ट्रिक मोटर्स रहेको छ।
यसमा ठूला झ्यालहरू दिएका छन् साथै यसका ढोकाहरू पनि हटाउन सकिन्छ। यसले ठूला एलोय ह्विलहरु रहेका छन्। कम्पनीले सोलार प्यानलसहितको चार सिटसहितको ईभी पनि विकास गरिरहेको बताएको छ। यद्यपि यो कार कहिले ल्याइन्छ भन्ने बारे कम्पनीले कुनै जानकारी दिएको छैन ।
प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार