इसेवाको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
इसेवाको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक

काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्बजनिक गरेको छ।

इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो। यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ।

यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरु मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन्।

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु. २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन्। यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ।

इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओएस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार