
काठमाडौं ।
रातिको सफा आकाशमा हामीले लाखौं ताराहरु देख्न सक्छौं। पृथ्वीबाट लाखौं-करोडौं किलोमिटर पर रहेका यी ताराहरु टिलपिल टिलपिल गरिरहेका साना साना थोप्लाहरुजस्ता देखिन्छन्।
तर हाम्रो अस्तित्वका लागि आवश्यक तारा भनेको हामीले राम्ररी ठम्याउने सूर्य मात्रै हो। सूर्यको चारैतिर पृथ्वीलगायत थुप्रै ग्रहहरुले परिक्रमा गरिरहेका हुन्छन्।
तर आकाशमा टिपिल गरिरहने कुनै उउटा तारा हाम्रो सूर्यभन्दा २ लाख गुणा चम्किलो र ३२ गुना ठूलो रहेको छ भन्दा पत्यार नलाग्न सक्छ।
ग्याजेट्स२६० का अनुसार हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा फोटो शेयर गरेको छ।
उक्त फोटोमा ताराको वरिपरीको दुनियाँ कस्तो देखिन्छ भन्ने प्रस्ट्याइएको छ। फोटोमा ब्रह्माण्डको परिदृश्य पनि देखाइएको छ जुन शान्त देखिन्छ। तर यथार्थमा यो शान्त नभएको ग्याजेट्स३६० ले जनाएको छ।
हर्शल ३६ नामको यो तारा ‘लगून नेबुला’ अर्थात् लगून भन्ने निहारिकाको केन्द्रमा रहेको बताइएको छ। यो लगभग ४ हजार प्रकाश वर्ष टाढा रहेको छ। यो तारा निकै शक्तिशाली पराबैजनी किरणलगायत अशान्त ग्याँस तथा तीव्र रेडिएशनले भरिएको छ।
यिनै तत्वहरुबिचको अन्तरक्रियाका कारण ‘लागून नेबुला’ मा ग्याँस तथा धूलोको पहाडजस्तै एउटा काल्पनिक परिदृश्य देखिन्छ।
नासाले यो विशाल तारा हाल युवा अवस्थामा रहेको बताएको छ। यसको उमेर लगभग १० लाख वर्ष भएको र यसले हाइड्रोजन तथा नाइट्रोजनजस्ता ग्याँसका प्राकृतिक कोकून रिलिज गरिरहेको छ।
नासाले फोटोमा यी ग्यासहरुलाई रातो (हाइड्रोजन) तथा हरियो (नाइट्रोजन) का रूपमा देखाएको छ। अन्तरिक्ष एजेन्सीका अनुसार, हर्शल ३६ अझै ५० लाख सालसम्म रहने बताएको छ।
यसको तुलनामा हाम्रो सूर्य ५ अर्ब वर्ष पुरानो छ भने अझै अर्ब वर्ष जीवित रहने ग्याजेट्स३६० ले उल्ले गरेको छ।
विशेष कुरा भनेको यो फोटो नासाको हबल टेलिस्कोपले क्याप्चर गरेको थियो।
हालै हबलले क्याल्डवेल ५ नामक एउटा स्पाइरल आकाशगंको फोटो पनि शेयर गरेको थियो। यो आकाशगंगा हामीभन्दा लगभग १ करोड प्रकाश वर्षभन्दा टाढा रहेको बताइएको छ। इसके केन्द्रमा एउटा सक्रिय ताराहरुको नर्सरी रहेको छ जसले १० लाख वर्षमा हजारौं ताराहरु उत्पादन गर्न सक्छ।
प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार