काठमाडौं ।
चिनिया टेक ब्राण्ड ह्वावेले जीटी ३ प्रो लगायत विभिन्न वेयरेबलहरु सार्वजनिक गरेको छ।
बुधबार भएको ह्वावे फ्ल्यागशिप इभेन्टमा मेट एक्सएस२ फोल्डेबल फोन लगायत तीन ओटा स्मार्टवाच सार्वजनिक गरिएका हुन्।
यी मध्ये जीटी ३ प्रो प्रिमियम डिजाइन सहितको फ्ल्यागशिप डिभाइस हो भने वाच फिट २ इन्ट्री लेभलमा पर्दछ।
यस्तै वाच डीमा हेल्थ ट्रयाकिङलाई बढी प्राथमिकता दिइएको छ। यसमा ब्लड प्रेसर तथा ईसीजी ट्र्याकर राखिएको छ। ब्याण्ड ७ इन्ट्री लेभल डिभाइस हो यसको डिजाइन हल्का खालको छ भने २ हप्ता ब्याट्री टिक्ने जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार