अनलाइन गेमिङका लागि भारतमा २८ प्रतिशत जीएसटी लगाउन सिफारिस

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
अनलाइन गेमिङका लागि भारतमा २८ प्रतिशत जीएसटी लगाउन सिफारिस

काठमाडौं ।

भारतमा बुधबार जीएसटीलाई लिएर मन्त्री समूहको महत्वपूर्ण बैठक बसेको छ र त्यसले अनलाइन गेमिङ्गमा करको दर बढाएको छ। स्रोतलाई उदृत गर्दै भारतीय मिडिया नेटवर्क न्यूज १८ ले जनाएअनुसार मन्त्री समूहले अनलाइन गेमिङ, क्यासिनो र रेस कोर्सहरूमा २८% जीएसटी लगाउन सिफारिस गरेको छ।

यसअघि उनीहरूमाथि १८ प्रतिशतको दरले जीएसटी लगाइएको थियो। बैठक अघि यो जीएसटी स्ल्याब बढ्न सक्ने अनुमान गरिएको थियो।

स्रोतहरूका अनुसार, प्रारम्भिक बेटिंग र गेमिङ रकममा कर लगाइनेछ किनभने समूहले प्रत्येक बेट वा जित्ने रकममा जीएसटी लगाउने पक्षमा छैन। जीओएमको प्रतिवेदन एक/दुई दिनमा पेश हुने बताईएको छ।

गत वर्ष मेमा, सरकारले क्यासिनो, अनलाइन गेमिङ पोर्टल र घोडा दौड सेवाहरूमा जीएसटीको राम्रो मूल्याङ्कन गर्न राज्यमन्त्रीहरूको समिति गठन गरेको थियो। मेघालयका मुख्यमन्त्री कोनराड संगमाको अध्यक्षतामा आज मन्त्री समूहको महत्वपूर्ण बैठक बसेको र बैठकमा यस्ता सेवामा लाग्ने जीएसटीको दरबारे छलफल भएको थियो।

२.२ अर्ब डलरको उद्योग

समाचार एजेन्सी पीटीआईको ११ मेको रिपोर्ट अनुसार अनलाइन गेमिङ उद्योगले १८ प्रतिशत भन्दा कम जीएसटीको लागी जोड दिइरहेको थियो। उद्योगले २.२  अर्ब डलरको उद्योगलाई उच्च कर समूहमा सार्दा “गम्भीर रूपमा प्रभावित” हुने बताएको थियो। यस उद्योगमा ४ सय खेलाडी छन् र करिब ४५ हजार जनाले रोजगारी पाएका छन् । जीएसटी अधिकारीहरू सामु आफ्नो प्रतिनिधित्व गर्न अनलाइन कौशलमा-आधारित गेमिङ प्लेटफर्महरूको एक संघ गठन गरिएको छ।

गेम्स २४x७ का सह-सीईओ त्रिविक्रमण थाम्पीले कर वृद्धिले विनाशकारी प्रभाव पार्ने बताए। साथै, यसले विदेशी अपरेटरहरूलाई पनि भारतबाट बाहिर जान बाध्य पार्ने उनको भनाई छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार