सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने मन्त्री यादवको भनाई

  • Technology Khabar | ४ जेष्ठ २०७९, बुधबार
सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने मन्त्री यादवको भनाई

काठमाडौं ।

कृषि तथा पशुपंछी विकास मंत्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन्। मन्त्री यादवले बुधबार राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षातं समारोहमा बताएका हुन्।

कार्यक्रममा मन्त्री यादवले दिक्षित विद्यार्थीहरुलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सुचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयातमुखि मुलुकबाट परिवर्तन गरी निर्यातमुखि मुलुकमा परिणत गर्न आव्हान गरे।

उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए।

मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कुरा कार्यक्रमको अध्यक्षता गरीरहेका कलेजका अध्यक्ष पंकज जालानले बताए।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमामा अन्तर्राष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउँदै आएको छ।

१५० जना विद्यार्थी दिक्षित भएको यस कार्यक्रमा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले सबैलाई स्वागत गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...