सेमिकन्डक्टर अभावले वायरलेस सञ्चारलाई फाइदा: रिपोर्ट

  • Technology Khabar | ४ जेष्ठ २०७९, बुधबार
सेमिकन्डक्टर अभावले वायरलेस सञ्चारलाई फाइदा: रिपोर्ट

काठमाडौं ।

सेमिकन्डक्टर चिप अभावका कारण वायरलेस सञ्चारलाई फाइदा पुगेको छ।

सेमिकन्डक्टर चिपको अभाव अझ थपिँदै जाने र वाइ फाइ एक्सेस प्वाइन्ट तथा सेलुलर फोनका चिपको उपलब्धता भने २०२३ मा निरन्तर रहने स्ट्राटेजी एनालिटिक्सले एक अध्ययनमा उल्लेख गरेको छ।

नयाँ फाउन्ड्रीहरु खुल्दै जाने हुनाले सेमिकन्डक्टरको आपूर्ति २०२३ सम्ममा घट्दै जाने स्ट्राटेजी एनालिटिक्सका आरएफ एन्ड वायरलेस पार्टपुर्जा सेवाका निर्देशक क्रिस्टोफर टेलरलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरेको छ।

चीनले आफ्नो सेमिकन्डक्टर उत्पादन २०२१ मा १७ प्रतिशतले बढाएको थियो भने यसको विस्तारले निरन्तरता पाएर वैश्विक अभावमा केही सहजता थप्ने टेलरको भनाइ छ।

अमेरिका, ईयू, दक्षिण कोरिया, भारत तथा अन्य देशमा गरिएका सेमिकन्डक्टर क्षेत्रको लगानीले पनि प्रतिफल दिन शुरु गरेको र २०२३ सम्ममा उत्पादनमा निकै बढोत्तरी हुने उनको आकलन रहेको छ।

केही देशमा भएका लकडाउनका कारण यो वर्ष धेरै ठाउँमा महामारी नफैलने स्ट्राटेजी एनालिटिक्सका रणनीतिक प्रविधिका उपाध्यक्ष स्टेफन एन्ट्विसलले बताए।

उनले भने, ‘यसले सेमिकन्डक्टर तथा इलेक्ट्रोनिक्स उत्पादन प्लान्टमा कर्मचारी बढ्ने साथै वायरलेस उत्पादनको उपभोक्ता मागलाई स्थिर गर्न पनि सहयोग गर्नेछ।’

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ४ जेष्ठ २०७९, बुधबार