
काठमाडौं ।
सन् २०२७ भित्र विश्वभरको एसभीओडी सब्स्क्राइबर साढे ४८ करोडले बढ्ने आकलन गरिएको छ।
एसभीओडी सब्स्क्रिप्शन भिडियो अन डिमान्डको संक्षिप्त रुप हो।
हालै डिजिटल टीभी रिसर्चको एउटा नयाँ अनुसन्धानले २०२७ सम्म एसभीओडीका सब्स्क्राइबरको सङ्ख्या १ अर्ब ६९ करोड पुग्ने जनाएको हो।
यो आँकडा २०२१ को तुलनामा साढे ४८ करोडले बढी हो। यसो हुँदा अमेरिकाका ६ ओटा ठूला प्लेटफर्मका समग्र सब्स्क्राइबर मात्रै ९९ करोड ८० लाख पुग्ने र यो आँकडा भने २०२१ भन्दा ६१ करोड २० लाख ले बढी हुने टीभीटेक्नोलोजी डटकमले जनाएको छ।
नेटफ्लिक्सले २०२१ र २०२७ बिच ३ करोड १० लाख सब्स्क्राइबर थप्ने आकलन गरिएको छ। उत्तर कोरियामा ४० लाख सब्स्क्राइबर घटे पनि यो वृद्धिपछि २०२७ सम्म समग्रमा २५ करोड ३० लाख सब्स्क्राइबर हुने बुझिएको छ।
यस्तै डिज्नी+ ले २०२१ देखि २०२७ सम्म १४ करोड ४० लाख सब्स्कराइबर थपेर २७ करोड ४० लाख पुर्याउने साथै २०२५ सम्म नेटफ्लिक्सलाई उछिन्ने प्रक्षेपण गरिएको छ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार