
काठमाडौं ।
दक्षिण कोरियाको टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सले स्लोभाकियामा रहेको आफ्नो प्लान्टबाट माइक्रोएलईडी कमर्सियल डिस्प्ले उत्पादन शुरु गरेको छ।
दक्षिण कोरियाको सञ्चारमाध्यम ईटीन्यूजका अनुसार कम्पनीले उक्त प्लान्टबाट मे को शुरुवातबाट उत्पादन शुरु गरेको हो।
सामसङले मौलिक रुपमा उक्त प्लान्टमा निओ एलईडी तथा क्यूएलईडी डिस्प्ले बनाउँदै आएकामा बढ्दो मागलाई ध्यानमा राख्दै अब भने व्यावसायिक माइक्रोएलईडीको उत्पादन पनि शुरु गरेको रिपोर्टमा उल्लेख छ।
सामसङले भियतनाममा रहेको फ्याक्ट्रीमा माइक्रोएलईडी टीभी तथा मेक्सिकोमा रहेको फ्याक्ट्रीबाट माइक्रोएलईडी व्यावसायिक डिस्प्लेको उत्पादन पनि थालेको डिजिटाइम्सले जनाएको छ।
कम्पनीले माइक्रोएलईडी टीभीहरु भियतनामको फ्याक्ट्रीबाट उत्पादन हुन थालेपछि सन् २०२२ को उत्तरार्द्धमा सार्वजनिक गर्ने बुझिएको छ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार