टेस्लाद्वारा उत्तर अमेरिकाबाहिर साइबरट्रकको अर्डर लिन बन्द

  • Technology Khabar | ३ जेष्ठ २०७९, मंगलवार
टेस्लाद्वारा उत्तर अमेरिकाबाहिर साइबरट्रकको अर्डर लिन बन्द

काठमाडौं ।

टेस्लाले आउँदै गरेको साइबरट्रक पिकअपको अर्डर उत्तर अमेरिका बाहिर लिन बन्द गरेको छ।

यो जानकारी कम्पनीले हालै आफ्नो आधिकारिक वेबसाइटमार्फत दिएको रोयटर्सले जनाएको छ।

कम्पनीले हाल साइबरट्रकको रिजर्भेशन अमेरिका, क्यानडा तथा मेक्सिकोमा मात्र लिइरहेको उक्त वेबसाइटबाट प्रस्ट हुन्छ।

टेस्लाले भने यसबारेमा टिप्पणी गर्न नमानेको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीका सीईओ इलन मस्कले टेस्लाले साइबरट्रकको उत्पादन आफ्नो टेक्ससको अस्टिनमा रहेको प्लान्टबाट अर्को वर्षबाट थाल्ने बताएका छन्।

‘हामीले उत्पादन शुरु गरेदेखि ३ वर्षभित्र माग पूरा गर्न सक्नेभन्दा बढी सङ्ख्यामा साइबरट्रकको माग आएको छ’, मस्कले गत हप्ता एफटी फ्यूचर अफ द कार २०२२ कन्फ्रेन्समा भने।

केही सवारीहरुको माग उत्पादनले धान्न नसक्ने भएकाले उनले टेस्लाले अब अर्डर लिन बन्द गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

टेस्लाले साइबरट्रक सन् २०१९ मा सार्वजनिक गरेको थियो। कम्पनीले शुरुमा यो वर्षको अन्त्यमा उत्पादन थाल्ने योजना बनाएकामा यो योजना धकेलिएर २०२३ को पहिलो त्रैमासमा पुगेको हो।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...