
काठमाडौं ।
छिमेकी देश भारतमा आज मंगलबार भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई)को २५औं वार्षिकोत्सव पारेर ५जी परीक्षण प्लेटफर्मको शुरुवात भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभजी टेस्टबेडको शुरुवात भएको घोषणा गरेका हुन्।
भारतको आईआईटी मद्रासको नेतृत्वमा कुल आठ संस्थानहरूद्वारा बहु संस्थान सहयोगी परियोजनाको रूपमा विकसित गरिएको ‘५जी टेस्ट बेड’ परियोजनाको उद्घाटन भएको हो। परियोजनामा भाग लिने अन्य संस्थानहरूमा आईआईटी दिल्ली, आईआईटी हैदराबाद, आईआईटी बम्बे, आईआईटी कानपुर, आईआईएस्सी बैंगलोर, सोसाइटी फर एप्लाइड माइक्रोवेभ इलेक्ट्रोनिक्स इन्जिनियरिङ् एण्ड रिसर्च र सेन्टर अफ एक्सीलेन्स इन वायरलेस टेक्नोलोजी पर्छन्।
भारतीय प्रधानमन्त्री मोदीले फाइभजी प्रविधिले देशको सुशासन, जीवनयापनमा सहजता, व्यवसाय गर्न सहजतामा पनि सकारात्मक परिवर्तन ल्याउन लागेको बताए।
“यसले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र लजिस्टिकलगायत सबै क्षेत्रमा वृद्धि हुनछ। यसबाट सुविधा पनि बढ्नेछ र धेरै रोजगारीका अवसरहरू पनि सृजना हुनेछन्,” उनले भने, “देशमा निर्मित ५जी टेस्टबेड दूरसञ्चार क्षेत्रमा महत्वपूर्ण र आधुनिक प्रविधिको आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम पनि हो।”
उक्त आयोजना २२० करोड भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको हो । टेस्ट बेडले भारतीय उद्योग र स्टार्टअपहरूका लागि सहयोगी इकोसिस्टम सक्षम पार्नेछ जसले तिनीहरूलाई ५जी र अर्को पुस्ताको प्रविधिहरूमा आफ्ना उत्पादनहरू, प्रोटोटाइपहरू, समाधानहरू र एल्गोरिदमहरू मान्यता दिन मद्दत गर्नेछ।
भारतमा आजै डिजिटल कम्युनिकेसन्स कमिसन (डीसीसी), जुन दूरसञ्चार विभाग को सर्वोच्च निर्णय गर्ने निकायले फाइभजी स्पेक्ट्रम लिलामीको मोडालिटीहरूमा निर्णय गर्ने सम्भावना रहेको रिपोर्टहरुमा उल्लेख छ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार