अन्तरिक्षमा अदृश्य पर्खालहरु हुन सक्ने: अनुसन्धान

  • Technology Khabar | ३ जेष्ठ २०७९, मंगलवार
अन्तरिक्षमा अदृश्य पर्खालहरु हुन सक्ने: अनुसन्धान

काठमाडौं ।

अन्तरिक्ष निकै रहस्यमय ठाउँ हो र विश्वका थुप्रै मानिसहरु यसको पत्रपत्र केलाउन लागिपरिरहेका छन्।

तर अझसम्म अन्तरिक्षका केही आश्चर्यजनक तथा रहस्यमय घटनाहरुका बारेमा ब्याख्या गर्न सकिएको छैन। यसै क्रममा वैज्ञानिकहरुले हालै अन्तरिक्षमा अदृश्य पर्खालहरु हुन सक्ने विश्वास गरेका छन्।

तर यिनीहरु कुनै कोठाका भित्ताजस्ता चाहि नभएको ग्याजेट्स३६० ले उल्लेख गरेक छ। बरु तिनीहरु पर्खालजस्ता भएका बताइएको छ।

यी पर्खालहरु काल्पनिक नयाँ सिम्मेट्रन नामक पदार्थका कारण निर्मित ‘पाँचौं शक्ति’ का कारण बनेको हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ।

यो शक्तिको अस्तित्वले धेरै समयदेखि अन्तरिक्षयात्रीहरुलाई तनाव दिँदै आएको अन्तरिक्षको रहस्यमय पाटोका बारेमा थाहा पाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

हाल ल्याम्ब्डा कोल्ड डार्क म्याटर मोडललाई हाम्रो ब्रह्माण्ड बुझ्नका लागि मानक मोडलका रुपमा लिइँदै आएको छ। यो मोडलले साना ग्यालेक्सीहरु ठूला ग्यालेक्सीमा रहेका छरपस्ट अक्षमा बाँडिनुपर्छ भन्ने मान्यता राख्दछ।

वास्तवमा धेरै ठूला ग्यालेक्सीलाई घुमिरहेका साना ग्यालेक्सीहरु एउटा पातलो प्लेन अर्थात डिस्कमा रहेका हुन्छन् जुन डिस्क शनि ग्रहको घेरा जस्तै हुन्छ।

यो संरचना हेर्दा अन्तरिक्षमा पर्खालहरु रहेका र तिनीहरुले ल्याम्ब्डा मोडललाई रोकिरहेका जस्तो भान हुने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

अर्को शब्दमा भन्नुपर्दा यी साना स्याटेलाइट ग्यालेक्सीहरु ठूला ग्यालेक्सीका गुरुत्वाकर्षणका कारण तानिएका हुन्छन् र उक्त पातलो प्लेनमा मिलेर रहेका हुन्छन्।

तर यो मोडलले भने ती साना ग्यालेक्सी आफ्ना ठूला ग्यालेक्सी वरिपरी रहेको अस्तव्यस्त अक्षमा बाँडिएर रहेको हुनुपर्छ भन्ने मान्यता राख्छ।

यी साना ग्यालेक्सीहरु हाम्रा आफ्नै ग्यालेक्सी अर्थात् आकाशगंगाभरी रहेका अक्षमा मिलेर बसेका देखिन्छन्। वैज्ञानिकहरुले यो स्याटेलाइट डिस्क समस्याका बारेमा थुप्रै व्याख्या प्रस्तुत गरेका छन्।

तर नटिङ्ह्याम यूनिभर्सिटीका अनुसन्धाताहरुको नयाँ अध्ययनले भने नयाँ व्याख्या अगाडि सारेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार