
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले आगामी मे २३ मा चीनमा आफ्नो रेनो८ सिरिज सार्वजनिक गर्ने भएको छ।
यो सिरिजमा रेनो८ एसई, रेनो८ तथा रेनो८ प्रो गरी तीनओटा मोडलहरु रहने अपेक्षा गरिएको छ। रेनो८ मा क्वालकमको हालसम्म सार्वजनिक नभइसकेको र मे २० मा आउन लागेको स्न्यापड्रागन ७ जेन१ चिपसेट रहने बुझिएको छ।
यसबाहेक रेनो८ प्रोमा भने मिडियाटेकको डाइमेन्सिटी ८१०० प्रयोग हुनेछ।
हालै आइसयूनिभर्सले एउटा लीक शेयर गर्दै रेनो८ प्रो को अगाडिपट्टि सेन्टर पन्चहोल सेल्फी क्यामरायुक्त फ्लाट डिस्प्ले रहेको बताएका छन्। यसको बेजल रेनो७ प्रो को तुलनामा निकै पातलो रहेको पनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार