
काठमाडौं ।
क्वालकमको स्न्यापड्रागन नाइट इभेन्ट आगामी मे २० मा आयोजना गर्ने भएको छ।
उक्त इभेन्ट चीनमा मे २० का दिन स्थानीय समयअनुसार साँझ ८ बजे हुने जीएसएमएरिनाले जनाएको छ।
उक्त इभेन्टमा दुई ठूला घोषणा हुन सक्ने अपेक्षा गरिएको छ जसमा स्न्यापड्रागन ८ जेन १+ चिपसेट र स्न्यापड्रागन ७ जेन १ प्लेटफर्म हुन सक्नेछन्।
यीमध्ये स्न्यापड्रागन ८ जेन १+ मा हाल उपलब्ध स्न्यापड्रागन ८ जेन १को भन्दा जीपीयूमा केही अपग्रेड गरी सुधार ल्याइएको बुझिएको छ।
सीपीयू संरचना भने स्न्यापड्रागन ८ जेन १ को जस्तै एउटा कर्टेक्स एक्स२ प्राइम कोर, ३ ओटा कर्टेक्स ए७१० पर्फर्मेन्स कोर तथा ४ ओटा कर्टेक्स ए५१० इफिसियन्सी कोरयुक्त नै रहेको समाचारमा उल्लेख छ।
यो नयाँ फ्ल्यागशिप चिपसेट टीएसएमसीको ४एनएन प्रोसेसमा बनेको हो। मोटोरोलाको आउँदै गरेको एज एक्स३० स्मार्टफोनमा यो चिपसेट राखेर आउने अपेक्षा गरिएको छ।
स्न्यापड्रागन ७ जेन १ मा भने ४ ओटा कर्टेक्स ए७१० पर्फर्मेन्स कोर र ४ ओटै ए५१० यूनिटका साग एड्रेनो ६६२ जीपीयू पनि रहने बुझिएको छ।
ओपोले आफ्नो रेनो ८ मा यो चिपसेट राखेर ल्याउन लागेको बुझिएको छ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार