
काठमाडौं ।
कल रेकर्डिङ स्मार्टफोनका काम लाग्ने थुप्रै फिचरहरुमध्येमा पर्छ। धेरै मानिसहरुलाई मोबाइलमा कल रेकर्ड गर्ने आवश्यकता पर्छ र यसका लागि उनीहरुले विभिन्न एपहरुको सहारा लिइरहेका हुन्छन्।
तर स्मार्टफोनमा कुनै प्रकारको एप प्रयोग नगरी पनि कल रेकर्ड गर्न सकिन्छ। यसका लागि तल दिइएका केही चरणहरु फलो गर्नुपर्ने हुन्छ।
- सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा रहेको फोन एप खोल्नुहोस्
- उक्त एपिमा सबैभन्दा माथि दायाँपट्टि रहेका ती ओटा थोप्लामा ट्याप गर्नुहोस्
- यति गरेपछि कल सेटिङको अप्शन देखा पर्छ। यसमा तलतिर स्क्रोल गर्नुहोस्
- अलिकति तल गएपछि देखिने रेकर्ड सेटिङ्समा ट्याप गर्नुहोस्
- रेकर्ड सेटिङमा विशेषगरी तीन ओटा अप्शन दिइएको हुन्छ:
१ डन्ट रेकर्ड अटोमेटिकल्ली
२ रेकर्ड अल कल्स अटोमेटिकल्ली
३ रेकर्ड कस्टम कल्स अटोमेटिकल्ली
- फोनमा आउने सबै कल रेकर्ड गर्नुपरेमा दोस्रो विकल्प छान्नुहोस्
- केही विशेष व्यक्तिहरुको कल रेकर्ड गर्नुपरेमा तेस्रो विकल्प छान्नुहोस्
- यसका लागि रेकर्ड गर्न चाहेका व्यक्तिको नम्बर रेकर्ड कस्टम कल्समा राख्नुपर्छ
- कस्टम कलको अप्शन ट्याप गर्नेबित्तिकै सबैको सूची आउँछ भने माथिपट्टि + चिह्न दिइएको हुन्छ।
- प्लस आइकनमा ट्याप गरेर कल रेकर्ड गर्न चाहेका व्यक्तिको कन्ट्याक्ट नम्बर छान्न सकिन्छ।
यसो गरिसकेपछि आफ्नो सेटिङ अनुसार दर्ता भएका कन्ट्याक्टको फोन कल आफसेआफ रेकर्ड हुन्छ र त्यसलाई आवश्यक परेको बेला फेरि फेरि सुन्न सकिन्छ।
प्रकाशित: २ जेष्ठ २०७९, सोमबार