स्वचालित कार्गो जहाजले तय गर्यो ५०० माइलको यात्रा

  • Technology Khabar | २ जेष्ठ २०७९, सोमबार
स्वचालित कार्गो जहाजले तय गर्यो ५०० माइलको यात्रा

काठमाडौं ।

विश्वकै पहिलो स्वचालित व्यावसायिक कार्गो पानीजहाजले ५०० माइलको यात्रा सफलतापूर्वक तय गरेको छ।

उक्त पानीजहाजले जापानको टोक्यो बे बाट ९९ प्रतिशत समय मानव चालकको नियन्त्रण बिना नै सो दूरी तय गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ।

ओर्का एआईमार्फत सञ्चालि ७५० टनको उक्त जहाजले ओर्काकै सफ्टवेयरको सहायताले सयौं ठक्करहरुलाई स्वायत्त रुपमा छल्न सकेको थियो।

ओर्का एआई समुद्री सवारीका लागि डिजाइन गरिएको सुरक्षा सफ्टवेयर प्लेटफर्म डेभलप गर्ने संस्था हो।

दुई नौसेना प्रविधि विज्ञले सन् २०१८ मा स्थापना गरेको उक्त कम्पनीमा विद्यमान सुरक्षा सिस्टम तथा सेन्सरहरुको संयोजन गरिएको छ। यसबाट भिडभाडयुक्त जलमार्गमा पानीजहाजको नेभिगेशन र सुरक्षा अवस्था सुधार गर्नु रहेको समाचारमा उल्लेख छ।

इजरायलमा मुख्यालय रहेको ओर्का एआईले आफ्ना प्रविधिमार्फत् समुद्री जहाजहरुलाई २४सै घण्टा निगरानीमा राखेर शिपिङ कम्पनीहरुलाई आफ्ना कार्गो सदैव सुरक्षित र प्रभावकारी राख्न प्रविधि उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...