स्कटल्याण्डको स्पेसपोर्टद्वारा प्रोटोटाइप रकेट सार्वजनिक

  • Technology Khabar | २ जेष्ठ २०७९, सोमबार
स्कटल्याण्डको स्पेसपोर्टद्वारा प्रोटोटाइप रकेट सार्वजनिक

काठमाडौं ।

हाइल्याण्डको स्पेसपोर्टबाट साना स्याटेलाइट प्रक्षेपणका लागि डिजाइन गरिएको पहिलो पूर्ण रुपको प्रोटोटाइप रकेट सार्वजनिक भएको छ।

फोर्रेसमा रहेको अर्बेक्सले आफ्नो १९ मिटल लामो प्राइम रकेटको अन्तिम रुप पुन: प्रयोग गर्न मिल्ने तथा बायो-प्रोपेन नामक नवीकरणीय जैविक-इन्धनबाट चल्ने बताएको छ।

बीबीसीका अनुसार ती रकेटहरु यसै वर्षभित्र स्पेस हब सदरल्याण्डबाट प्रक्षेपण हुनेछ।

यो प्रोटोटाइपलाई मोरेको किन्लसमा रहेको परीक्षण केन्द्रमा परीक्षण गरिने बताइएको छ। यसैबिच शेटल्याण्डमा रहेको फ्यासिलिटीबाट स्याटेलाइट प्रक्षेपण गर्ने अर्को भिन्दै योजना पनि अघि बढेको बीबीसीले उल्लेख गरेको छ।

साशाभोर्ड यूके स्पेसपोर्ट तथा अमेरिकाको आस्त्रा स्पेस अन्स्टबाट हुने योजनाबद्ध स्याटेलाइट प्रक्षेपण कार्यक्रममा सहकार्य गर्न सहमत भएका छन्। स्पेसपोर्टले योजना बनाउने इजाजत यसै वर्षको शुरुवातमा लिएको थियो।

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...