
काठमाडौं ।
इटलीले यूरोभिजन सङ कन्टेस्टका दौरान रुससम्बद्ध ह्याकरहरुले गरेका थुप्रै साइबर हमला विफल पारेका छन्।
इटलीको टुरिनमा यूरोभिजन सङ कन्टेस्टको मे १० मा भएको सेमी फाइनल तथा शनिबारको फाइनलका क्रममा ती हमलाहरु गरिएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
उक्त प्रतिस्पर्धा यूक्रेनको क्लाउस अर्केस्ट्राले आफ्नो स्टेफानिया नामक प्रस्तुतिमार्फत् जितेको थियो भने उक्त जितलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेको समाचारमा उल्लेख छ।
भोटिङ तथा प्रदर्शनका क्रममा प्रहरीको साइबर सुरक्षा विभागले किलनेट ह्याकर समूह तथा त्यससँग सम्बद्ध लेजियन समूहले नेटवर्क पूर्वाधारमा गरेको साइबर हमलालाई विफल बनाएको स्थानीय प्रहरीले जनाएको छ।
प्रहरीले उक्त समूहको टेलिग्राम च्यानलमार्फत् अन्य सम्भाव्य हमलाको जानकारी प्राप्त गरी उक्त हमलाको स्थानका बारेमा पनि पत्ता लगाएका थिए।
प्रकाशित: २ जेष्ठ २०७९, सोमबार