
काठमाडौं ।
आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ आयोजना हुने भएको छ।
असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्ध अन्तरास्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शिर्ष प्रायोजक रहेको छन्।
कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० बढि वक्ता र ७ सय बढि विशिष्ट व्यत्ति तथा विज्ञहरुको सहभागिता रहनेछ।
डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढि महत्वपुर्ण सेसनहरु रहेका छन्। कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ। नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहने दाबी गरिएको छ।
कार्यक्रमको शिर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरु दुरसञ्चार तथा नविनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ।
ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार