अलिबाबाद्वारा अलिएक्सप्रेस रसियाका ४० प्रतिशत कर्मचारी कटौती

  • Technology Khabar | १ जेष्ठ २०७९, आईतवार
अलिबाबाद्वारा अलिएक्सप्रेस रसियाका ४० प्रतिशत कर्मचारी कटौती

काठमाडौं ।

ईकमर्स जायन्ट अलिबाबाले अलिएक्सप्रेस रसियाका आफ्ना ४० प्रतिशत कर्मचारी कटौती गरेको छ।

केही समययता रुस-यूक्रेन युद्धका कारण सीमापार समस्या उत्पन्न भएकाले कम्पनीले आफ्नो रुसी ज्वाइन्टभेन्चरका कर्मचारी कटौती गर्नुपरेको निक्केइ एसियाले जनाएको छ।

यसबारेमा बुझ्न खोज्दा अलिबाबाका कर्मचारी तत्काल उपलब्ध हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ।

उक्त मामिलाका जानकार एक कर्मचारीलाई उद्धृत गर्दै उक्त रिपोर्टमा कटौतीमा परेका केहीले स्वेच्छाले कम्पनी छाडेका र केहीलाई नयाँ ठाउँमा व्यवस्थापन गरिएको भए पनि योभन्दा थप कर्मचारी पनि कटौती हुने वा नहुनेबारे स्पष्ट नभएको उल्लेख छ।

अलिएक्सप्रेस रसिया सन् २०१९ मा अलिबाबा र रुसका साझेदार मिलेर स्थापना गरिएको स्थानीय तथा सीमापार कारोबार गर्ने ज्वाइन्टभेन्भचर संस्था हो।

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार