
काठमाडौं ।
वैज्ञानिकहरुले पहिलोपटक चन्द्रमामा बिरुवा उमारेका छन्।
उनीहरुले चन्द्रमाको सतहमा रहेको रिगोलिथ नामक पदार्थ प्रयोग गरेर चन्द्रमामै बिरुवा उमार्ने ऐतिहासिक परीक्षण सम्पन्न गरेका हुन्।
परीक्षणका लागि हरियो तोरी प्रजातिमा पर्ने अरेबिडोप्सिस थालियाना नामक बिरुवाको बीउ ५० वर्षअघिका विभिन्न एपोलो मिसनका क्रममा संकलित रिगोलिथका साना साना नमूनामा छरिएको सीनेटले उल्लेख गरेको छ।
ती बिउ केही समयमा उम्रिएर हुर्किएको भए पनि बाँच्न भने सफल नभएको समाचारमा उल्लेख छ।
‘चन्द्रमाको माटोमा बिरुवाको वृद्धिलाई सहयोग गर्ने आवश्यक धेरै पोषक तत्व हुँदैन’, यूनिभर्सिटी अफ फ्लोरिडाका स्टेफन एलार्डोले बुधबार पत्रकार सम्मेलनमा बताए।
एलार्डो बिहीबार कम्युनिकेशन बायोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धान पत्रका सह लेखक हुन्। उनले अन्ना-लिसा पल तथा रोबर्ट फर्लसँग मिलेर उक्त अनुसन्धान पत्र लेखेका सीनेटले उल्लेख गरेको छ।
ती बिरुवा हुर्किएको तरिका हेर्दा तिनीहरु तनावको वातावरणमा रहेका देखिए पनि तुलनात्मक रुपमा छिट्टै बढेका समाचारमा उल्लेख छ। तिनीहरु बढ्नाका लागि वैज्ञानिकको टोलीले प्रकाश, पानी तथा पोषक तत्वको व्यवस्था गरेका थिए।
‘दुई दिनपछि तिनीहरु टुसाउन थाले’, यूनिभर्सिटी अफ फ्लोरिडाका हर्टिकल्चर साइन्सका प्राध्यापक रहेका पलले विज्ञप्तिमा भने, ‘सबै बीउ टुसाए। यो देख्दा हामी कति हर्षित भएका थियै बयान गरिसाध्य छैन। चन्द्रमाको माटोमा नियन्त्रणका साथ हुर्किएका भए पनि प्रत्येक बिरुवा ६ दिनसम्म उस्तै देखिएका थिए।’
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार