काठमाडौं ।
गुगलको आउँदै गरेको पिक्सेल वाचमा २०१८ को एक्जिनोस चिपसेट रहने भएको छ।
यसै वर्ष गुगल आई/ओ कन्फ्रेन्समा कम्पनीले आफूहरु एउटा स्मार्टवाचमा काम गरिरहेको र २ महिनापछि सार्वजनिक गर्ने योजना रहेको बताएका थिए।
तर कम्पनीले यसका बारेमा कुनै जानकारी उपलब्ध गराएको थिएन।
हालै ९टू५गुगलको स्रोतले उक्त डिभाइसमा एक्जिनोस ९११० चिपसेट रहने पत्ता लगाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यो सन् २०१८ मा १०एनएम प्रोसेसमा बनेको र दुई ओटा कर्टेक्स ए-५३ कोरयुक्त चिपसेट हो।
त्यसको विकल्पमा हालै ग्यालेक्सी वाच४ सिरिजमा प्रयोग भएको एक्जिनोस डब्लू९२० रहेको छ जसमा अझ थप शक्तिशाली ए-५५ कोर रहेका छन् भने यो ५एनएम प्रविधिमा आधारित छ।
तर कम्पनीले नयाँ स्मार्टवाचमा यति पुरानो चिपसेट प्रयोग गर्दैछ भन्ने चाहिँ कौतुहलको विषय भएको छ।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार