काठमाडौं ।
फिल्मी क्षेत्र अब मेटाभर्सका माध्यमबाट आफ्ना सामग्रीहरु हालसम्म सपनामा पनि नसोचिएको विश्वमा लिएर जाने योजनामा रहेको छ।
बलिउडका ठूला निर्माताहरु मेटाभर्सको सहायतामा मनोरञ्जनलाई एउटा छुट्टै स्तरमा लैजाने सोचिरहेका बुझिएको छ।
बीबीसी हिन्दीका अनुसार भारतमा मेटाभर्सको बजार दुई वर्षभित्रै ८ खर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसको शुरुवात छिट्टै हुने र ‘बड़े मियाँ छोटे मियाँ’ नामको चलचित्रबाट यसको आधिकारिक घोषणा पनि भइसकेको छ।
सामान्य हिसालबले हेर्दा मेटाभर्स अस्तित्वमा नभएको र सोचभन्दा परको विश्व हो जसलाई सामान्य हिसाबले देख्न सकिँदैन। यसलाई आभास वा महसुस मात्र गर्न सकिन्छ।
सन् १९९२ मा निल स्टिफेन्सनले आफ्नो’स्नो क्रश’ नामक किताबमा यस्तो काल्पनिक दुनियाँको उल्लेख गरेका थिए। त्यसै बेलादेखि यो कुरालाई मानव मस्तिष्कले कुनै दिन मूर्त रुप दिनेछ भन्ने आकलन गरिँदै आएको बीबीसीले जनाएको छ।
पछिल्लो समय भारतीय चलचितरमा प्रविधिका माध्यमबाट भव्यता ल्याउने थुप्रै प्रयोग गरिँदै आएका छन्। भीएफएक्स तथा स्पेशल भर्चुअल इफेक्ट्स थुप्रै चलचित्र तथा वेब सिरिजका अभिन्न अंग बनिसकेका छन्।
तर अब मेटाभर्सलाई चलचित्रको अंग बनाउने शुरुआत भइरहेको बुझिएको छ।
इन्टरटेन्मेन्ट कम्पनी पूजा इन्टरटेन्मेन्ट, मेटाभर्समा चलचित्र ल्याउने पहिलो प्रोडक्शन कम्पनी बन्ने भएको छ। केही दिन अघि यो ब्यानरले अक्षय कुमार तथा टाइगर श्रफलाई लिएर ‘बड़े मियाँ छोटे मियाँ’ चलचित्र बनाउने घोषणा गरेको थियो।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार