
काठमाडौं ।
निर्वाचन आयोगको वेबसाइट अचानक डाउन भएको छ र यसमा डिओएस आक्रमण भएको आशंका गरिएको छ। स्थानीय चुनावसँगै सबैको चासो र मुख्य केन्द्रमा रहेको वेबसाइट यसअघि पनि पटक/पटक नखुल्ने हुँदै आएको थियो।
निर्वाचन आयोगले आधिकारीकरुमा निर्वाचनको मत परिणामसमेत वेबसाइटबाट सार्वजनिक गर्ने जानकारी दिएको थियो।
तर आज दिउँसोदेखि आयोगको आधिकारीक वेबसाइट डाउन भएको छ।
यस बारेमा हालै साइबर सुरक्षामा काम गर्दै आएको भैरव टेक्नोलोजीका सिईओ तथा साइबर सुरक्षा विज्ञ बिजय लिम्बु सेनिहांगले डिनाइल अफ सर्भिस (डिओएस) आक्रमणमा परेको दाबी गरेका छन्।
उनले हालै ट्वीट गरेर आयोगको वेबसाइटमा डिओएस आक्रमण भएको तर हालसम्म साइबर आक्रमण हो वा होईन भन्ने स्पष्ट नभएको उल्लेख गरेका छन् ।
Nepal Election Commission official is under Denial of Service attack at the moment. Till date whether its' a cyber attack or not, the status in unknown. pic.twitter.com/F48lw4OmOS
— Bijay Limbu Senihang ????️ (@bijaysenihang) May 14, 2022
यसअघि पनि विभिन्न सरकारी कार्यालयहरुका वेबसाइटहरु साइबर आक्रमणमा पर्दै आएका थिए।
सम्बन्धित समाचार हेर्नुस्-
‘डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस’ आक्रमण के हो र यसबाट कसरी बच्ने ? यस्ता छन् सुरक्षा उपायहरु
प्रकाशित: ३१ बैशाख २०७९, शनिबार