स्टेबलक्वाइनको मूल्य झरेपछि क्रिप्टो टोकनका हालत पनि दयनीय

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार
स्टेबलक्वाइनको मूल्य झरेपछि क्रिप्टो टोकनका हालत पनि दयनीय

काठमाडौं ।

हालै एउटा चर्चित टोकनले आफ्नो क्रिप्टोकरेन्सी बजार मूल्य ९९ प्रतिशत गुमाएपछि अर्को एउटा स्टेबलक्वाइन पनि डुब्ने स्थितिमा पुगेको छ।

अघिल्लो महिना ११८ डलर बजार मूल्य रहेको टेरा लुना नामक उक्त टोकन बिहीबार झरेर ०.०९ डलरमा आइपुगेको बीबीसीले उल्लेख गरेको छ।

यसको बजार मूल्यमा आएको गिरावटले यससँग जोडिएको सामान्य हिसाबले स्थायित्व ब टोकन टेरायूएसडीमाथि पनि नकारात्मक प्रभाव परेको छ।

यसै घटनालाई आधार मानेर मुख्य क्रिप्टोकरेन्सीका लगानीकर्ताहरुले हात झिक्दै गएका र त्यसले समग्र बजारलाई नै नकारात्मक प्रभाव पारेको बीबीसीले उल्लेख गरेको छ।

स्टेबलक्वाइन चलाउने कम्पनीहरुले आफ्ना टोकनहरुको मूल्य कमसेकम अमेरिकी डलर बराबर होस् भन्ने सुनिश्चितता कायम गर्ने प्रयासमा रहेका हुन्छन्।

ट्रेडिङ वेबसाइट क्वाइन मार्केट क्यापका अनुसार गत बिहीबार भने टेरायूएसडीको मूल्य झरेर ०.४ मा पुगेको थियो।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...