फक्सकनले आफ्नो फिस्कर पियर ईभी लर्ड्सटाउनको प्लाण्टबाट उत्पादन गर्ने

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार

काठमाडौं ।

फक्सकनले आफ्नो फिस्कर पियर गाडी ओहायोमा रहेको लर्ड्सटाउन मोटर्सको प्लाण्टबाट निर्माण गर्ने भएको छ।

फक्सकनले उक्त प्लान्ट किनेको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा साझेदार कम्पनी फिस्कर इंकसँग मिलेर त्यसमा फिस्करको आउँदै गरेको पियर ईभी गाडी निर्माण गरिने बताएको हो।

पियरको पूरा रुप पर्सनल इलेक्ट्रिक अटोमोटिभ रेभोल्युशन हो। फिस्करले यसका लागि २०२१ को फेब्रुअरीमा फक्सकनसँग साझेदारी गरेको थियो।

इलेक्ट्रेकका अनुसार झण्डै एक वर्षअघिदेखि फिस्करले करबाहेक ३० हजर डलरभन्दा कममा पियर ईभी आउने बताउँदै आइरहेको छ।

फिस्करको पहिलो ईभीको उत्पादन यसै गृष्म ऋतुमा अस्ट्रियामा शुरु गर्ने भएपछि कम्पनीले यसको रिजर्भेशन लिन शुरु गरेको छ। यसको मुख्य उत्पादन भने २०२४ मा हुने बताइएको छ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार