टेक्सस सोसल मिडिया कानून रद्द गर्न अमेरिकी सर्वोच्च अदालतलाई प्रविधि कम्पनीहरुको आग्रह

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार
टेक्सस सोसल मिडिया कानून रद्द गर्न अमेरिकी सर्वोच्च अदालतलाई प्रविधि कम्पनीहरुको आग्रह

काठमाडौं ।

फेसबुक, ट्विटर, गुगल तथा अन्य प्रविधि कम्पनीहरुले अमेरिकी सर्वोच्च अदालतमा एउटा आकस्मिक याचिक पेश गरेका छन्।

शुक्रबार पेश गरिएको उक्त याचिकामा सोसल मिडियाले यूजरलाई उनीहरुका राजनीतिक आस्थाका आधारमा प्रतिबन्ध लगाउन रोक्ने टेक्सस मिडिया कानून रद्द गरिदिन आग्रह गरिएको रोयटर्सले जनाएको छ।

एक जिल्ला न्यायाधीशले प्रतिबन्ध लगाउन गरेको आदेशमा अमेरिकी सर्किट कोर्ट अफ अपिल्सले राज्यले आग्रह गरेको रोक्का आदेशलाई मान्यता दिएपछि उक्त टेक्सस कानून गत बुधबारदेखि लागू भएको थियो।

उक्त कानूनले मासिक ५ करोडभन्दा बढी यूजर भएका सोसल मिडिया कम्पनीहरुलाई आफ्ना यूजरहरु उनीहरुका राजनीतिक आस्थाका आधारमा प्रतिबन्ध लगाउन रोक्दै ती कम्पनीलाई उनीहरुले कसरी कन्टेन्ट सम्पादन गर्छन् भन्ने सार्वजनिक रुपमा देखाउन निर्देश गर्दछ।

उक्त कानून टेक्ससका गभर्नर ग्रेग एबटले गत वर्षको सेप्टेम्बरमा हस्ताक्षर गरेका थिए।

इन्टरनेटको लबी गर्ने नेटच्वाइस तथा कम्प्युटर एन्ड कम्युनिकेशन्स इन्डस्ट्री एसोसियशनले उक्त कानून र अमेरिकी जिल्ला अदालतका न्यायाधीश रोबर्ट पिटम्यानविरुद्ध अस्टिनमा उजुरी हालेका थिए।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार