
काठमाडौं ।
नेपालमा फागुन महिनामा मोबाइल वालेट मार्फत् १५ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ९ महिनाको मासिक प्रतिवेदन अनुसार मोबाइल वालेटमार्फत् चैत्र महिनामा १ करोड ४४ लाख ९४ हजार ८९३ ओटा कारोबार भएका छन्।
यो आँकडाले अघिल्लो महिना अर्थात् फागुन मसान्तको तुलनामा कारोबार सङ्ख्या बढेको कारोबार रकम भने तुलनात्मक रुपमा घटेको देखाउँछ।
फागुन मसान्तसम्म मोबाइल वालेटमार्फत् १ करोड ४० लाख ३३ हजार ४९० कारोबार भएकामा एक महिनाको अवधिमा ४ लाख ६१ हजार ४०३ बढेर १ करोड ४४ लाख ९४ हजार ८९३ पुगेको छ।
तर यसरी कारोबार सङ्ख्या बढे पनि कारोबार रकम भने घटेको छ।
फागुन मसान्तसम्म मोबाइल वालेटमार्फत् १६ अर्ब ५९ करोड ९० रुपैयाँ बराबरको कारोबार भएकामा चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा १ अर्ब २३ करोड ७० लाख रुपैयाँले घटेर १५ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार भएको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार